अन्डाको खोलभित्र लागूऔषध
काठमाडाैं | फागुन ७, २०७९
दमक: पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ ।
मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा बीचमा एउटा अन्डामा सानो दुलो बनाई त्यहीँभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूले यसरी लागूऔषध ल्याउँदा प्रहरीले शङ्का नगर्ने ठानेर यो विधि अपनाएको हुन सक्ने बताइन्छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताले अचम्म–अचम्मको उपाय र नयाँ–नयाँ विधि अपनाएर लागूऔषध ल्याउने गरेको पाएका छौँ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी बताउनुहुन्छ ।
लागूऔषधको कारोबार गर्नेलाई कडा निगरानीमा राखिएको र जस्तोसुकै अवस्थामा पनि पक्राउ गरेर कारबाही चलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिइएको रेग्मीले जनाउनुभएको छ । जिल्लामा प्रमुख समस्यामध्ये एउटा लागूऔषधको कारोबार तथा प्रयोग रहेको बताइने गरिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

